adv
adv

पवित्रहाङमा कपको उपाधी दमकलाई

माङसेबुङ, २ फागुन । इलामको माङसेबुङमा जारी ११औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमकले चुमेको छ ।

आईबार भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई ० का विरुद्ध १ गोल गर्दै दमकले उपाधि हात पारेको हो ।

रोयल स्पोर्टिङ क्लब दमकका निकिता थोकरले ११औं मिनेटमा आकर्षक गोल गरेकी थिइन् । खेल प्रतिस्पर्धात्मक रहे पनि माङसेबुङले गोल फर्काउन नसक्दा थोकरले गरेको गोल नै खेलको निर्णयक गोल बन्न पुग्यो ।

दमकको जीतसँगै विजेताले १ लाख १ सय ६५ रुपैयाँ नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिम माङसेबुङले ५० हजार १ सय ६५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको थियो।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु