
जगत कोयू राई । माङेबुङ ,४ फागुन । माङेबुङ ईलामको ईलाम नव प्रतिभा एकाडेमिले बार्षिक कार्यक्रम संगै सरस्वती पूजा आज सम्पन्न गरेको छ ।
आज विभिन्न सांस्कृतिक कार्यक्रम संगै एकाडेमिले वार्षिक कार्यक्रमका साथ सरस्वती पूजा सम्पन्न गरेको हो ।
कार्यक्रममा गत बर्ष २०७७ साल SEE परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने बिद्यार्थीहरु सोनिका राई र समीक्षा राईलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक उदय राईले जानकारि दिए ।

सम्मानित बिद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिदै वडा सदस्य अमृत कोयू राईले बर्तमान समयमा शिक्षाको आवस्यकतामाथि प्रकाश पारेका थिए ।
बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष कल्पना बानु राईको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि माङसेबुङ ६ का कार्यवाहक वडा अध्यक्ष रामचन्द्र राई रहेका थिए ।
टीका सेन्चुरिले संयोजन गरेको उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

