adv

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ, ५ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ ।

मङ्गलबार राति १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ र डिजेल, मट्टीतेल प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँ वृद्धि गरी ६७ रुपियाँ कायम भएको छ ।

हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फ र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु