adv
adv

सबै खाले प्रतिगमन विरुद्ध स्रष्टा : मुकारुङ


दमक, ७ फागुन ।
 पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङले हरेक किसिमका प्रतिगमन विरुद्ध स्रष्टाहरुले आन्दोलन गर्नुपरेको बताएका छ्न् ।

“सबै खाले प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनको पक्षमा” भन्ने नारा सहित शुक्रबार दमकमा आयोजित स्रष्टा आन्दोलन २०७७ लाई सम्बोधन गर्दै मदन पुरस्कार विजेता समेत रहिसकेका मुकारुङले सो कुरा बताएका हुन् ।

उनले भने -“पुष ५ मात्रै होइन, सदाबहार सबै किसिमका प्रतिगमन विरुद्ध हामी छौं । स्रस्टाहरु सदा जनताको न्यायको पक्षमा उभिने तप्का हो ।”

सबै खाले सामाजिक न्यायको लागि खबरदारी र आन्दोलन जारी रहेको भन्दै मुकारुङले नेताका लागि नभइ नीति, विधि र पद्धतिको लागि आफूहरु सडकमा रहने जिकिर गरे ।


स्रष्टा आन्दोलनमा प्रकाश बुढाथोकी, सुन्दर कुरूप, सुमित्रा वाङ्देल चेली, सेसेहाङ फियाक, बिराट किराती, सान्सेन पन्धाक, रचना लावतीले प्रतिगमन विरुद्ध कविताले प्रहार गरेका थिए ।

युवा अगुवा केदार धिमालले नागरिक आन्दोलनको पक्षमा समर्थन मन्तव्य राखेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु