adv
adv

जसपा दमक वडा ६ मा पौंदार धातु श्रमिक पनि संगठित


दमक, ७ फागुन । जनता समाजवादी पार्टीको दमक वडा नम्बर ६ समिति शुक्रबार गठन भएको छ ।

सुनिता पौंदारको अध्यक्षतामा समिति गठन भएको हो । समितिका उपाध्यक्ष, सचिव र सह-सचिवमा क्रमश: जयराम राजवंशी, राजेश साह र टंक दर्नाल चयन भएका छन् । सदस्यमा दिनेश साहा, तेजबहादुर वि.क. छन् ।

त्यस्तै सोही भेलाका बीच समाजवादी ट्रेड युनियन महासंघ निकट समाजवादी धातु श्रमिक संघको दमक नगर समिति गठन भएको छ ।
विजय दुतराजको अध्यक्षतामा गठित समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: हिराज दर्नाल, दिपेन्द्र घतानी, अशोक दुतराज र राम तिरुवाचयन भएका छन् । अन्य सदस्य छन् ।
वडा भेलालाई सम्बोधन गर्दै जसपा प्रदेश १ सदस्य एवम् कार्यालय प्रमुख कमन देवानले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई परास्त गर्न प्रगतिशील र उत्पीडित जनता एकजुट हुनुको विकल्प नरहेको बताए ।


कार्यक्रममा प्रदेश सदस्यहरु धिरेन लावती, प्रज्वल भण्डारी, प्रेस नेपाल झापाका अध्यक्ष देशराज नेम्बाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शिल्पी विशेष समितिका प्रदेश १ सदस्य मनकुमार विक, जसपा दमक अध्यक्षद्वय खेम दाहाल, चन्द्र राजवंशी, समाजवादी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य अनिल लामा लगायतको आतिथ्यता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु