adv

आदिवासी जनजाति साहित्यकार संगठित

झापा । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको लिम्बुवान राज्य तदर्थ समिति शनिबार गठन भएको छ ।

महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यतामा आयोजित भेलाले झापाको विर्तामोडस्थित चुम्लुङहिममा समिति गठन गरेको हो ।


समितिका संयोजकमा मधु केरुङ्, सह-संयोजकहरुमा सिरेन बान्तावा, पार्वता पोमु र दावा शेर्पा छन् भने सचिव छत्र दर्लामी, सहसचिव सुनिता तामाङ र कोषाध्यक्ष सुजन सेलिङ चयन भएका छन् । सदस्यहरुमा इन्द्रसिंह राजवंशी, इक्साहाङ चेम्जोङ्, मन्जुल सुनुवार, अर्चना गुरुङ, जितेन सम्पाङ लगयात छन् ।

भेलाले मुनाराज शेर्मा, सुमित्रा वाङ्देल चेली र सेसेहाङ फियाकलाई सल्लाहाकार चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा बिराट किराती र जितेन पन्दाक चयन भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु