adv

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाँडौ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।

शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।

यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु