१० फागुन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १७ औं महाधिवेशनबाट सञ्जीव चामलिङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । भर्चुअल माध्यमबाट आइतबाट सम्पन्न महाधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा शन्त कुमार पहरी, रित राना मगर र डेनी शेर्पा रहेका छन भने महासचिव शिशिर निङलेकु लिम्बू, सचिव कनैलाल चौधरी, महिला सचिव शुशील राई, कोषाध्यक्ष सुनिता श्रीष मगर चयन भरका छन ।
सदस्यहरुमा सुदन राई, प्रमिला राई, अपेक्षा मादेन लिम्बु, बालविक्रम तिगेला लिम्बु, बल डंगोल, अरुण भट्टचन, हरि चौधरी, टेक थामी, खेम गुरुङ रहेका छन ।
महाधिवेशनमा नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशी, नेफिन केन्द्रका उपाध्यक्ष गोविन्द छन्त्याल, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, नेफिन इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो, पोर्चुगलका अध्यक्ष हेम गुरुङ, कोरियाका युगेल टेन्डुप शेर्पा, मलेसियाका विपिन राई, प्रवास नेफिनका प्रतिनिधिहरु, जापानम रहेकाे विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।

