adv
adv

प्रम ओलीविरुद्ध गृहनगरमै प्रदर्शन


दमक, ९ फागुन । 
जनता समाजवादी पार्टी दमक नगर समितिले आइतबार प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शन र विरोधसभा गरेको छ ।

जसपाको केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार ओलीको गृहनगर दमकमा सांकेतिक रूपमा विरोध कार्यक्रम गरिएको प्रदेश १ कार्यालय प्रमुख कमन देवानले जानकारी दिए ।

पुष ५ गतेको प्रतिगामी ओली कदमको विरोधमा जसपा केन्द्रीय सदस्य हरीदेवी राई लावती, केन्द्रीय युवा नेता विष्णुजङ्ग बस्नेत, प्रदेश नेता देवान र झापा क्षेत्र नं ५ अध्यक्ष ओममाया आङ्देम्बेले बोलेका थिए ।

सभामा बोल्दै वक्ताहरुले जनताको आन्दोलन सुरु भैसकेको र अब प्रतिगामी प्रम ओलीलाई सडकमा ल्याएर पछारिने उद्घोष गरेका थिए । उनीहरुले हत्या, बलात्कार रोक्न नसक्ने, भ्रष्टाचार र कमिसनले मात्तिएको ओली सरकारलाई बिदा नगतेसम्म जनताले न्याय र अधिकार नपाउने जिकिर गरेका थिए ।


जनताको एक मात्र भरोसाको पार्टी जसपा मात्रै रहेको भन्दै वक्ताहरुले देशलाई ओली निरंकुशताबाट मुक्त गरेर मात्रै आन्दोलन बिसाउने बताएका थिए ।

जसपा दमक नगर अध्यक्ष चन्द्र राजवंशीको अध्यक्षतामा सम्पन्न विरोधसभाको सन्चालन अर्का अध्यक्ष खेम दाहालले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु