adv
adv

साहित्यकार महासंघको कोरिया समिति गठन

दमक, १० फागुन । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया’ पराजित पोमुको नेतृत्वमा गठन भएको छ ।

आइतबार गठित १७ सदस्यीय समितिका सहसंयोजकद्वय मञ्जु गुरुङ र गोकुल थोकर रहेका छन् भने सचिवमा शकुन आँशु, सहसचिवद्वयमा सोनाम दोङ्बा ह्योल्मो र एइडेन छन्त्याल छन् भने कोषाध्यक्षमा समीप खेम पुन चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर आयोजित जुम बैठकबाट समिति गठन भएको विग्यप्तिमार्फत जनाइएको छ ।
महासंघका केन्द्रीय संयोजक एवम् साहित्यकार राजन मुकारुङसमेतको सहभागितामा समिति गठन भएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु