adv

संसद् पुनर्स्थापना गर्न सर्वोच्चको फैसला


काठमाडौं, ११ फागुन ।
सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भण्डारीको सिफारिसलाई बदर गरिदिएको छ । यस फैसलासँगै संसद् पुनर्स्थापना भएको छ ।

संवैधानिक इजलाशको मंगलबारको फैसलाले ओलीको संसद् विघटन बदर भएको हो । मंगलबार नै जारी परमादेशबाट बिगठित संसद् पुनर्स्थापना भएको र १३ दिनभित्र संसद् अधिवेशन बोलाउन भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले फैसलामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालाई संसद्को अधिवेशन बोलाउनै पर्ने वाध्यात्मक आदेश गरेको हो ।

यसअघि गत पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु