
काठमाडौँ। ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण फागुन २१ गतेदेखि प्रशारण हुने भएको छ। कार्यक्रम कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रशारण हुने आयोजकले बताएका छन्।
फागुनको २१ गते फिजिकल अडिसन देखाइने छ। यस्तै चैत ६ गते प्रिमियर शो गरेर कार्यक्रमलाई नियमित शुक्रबार र शनिबार प्रशारण गरिने छ।
कार्यक्रमलाई टिभिएस अपाचेले मुख्य प्रायोजन गर्दैछ। यस्तै प्रभु बैंक, एडि रिलिज, आइएमई इन्स्योरेन्स, डिसहोम सह–प्रायोजक रहेका छन्।
कार्यक्रम गत वर्ष नै आउनुपर्नेमा कोरोनाले गर्दा ढिला भएको आयोजकले बताए। यस्तै सिजन ३ को घोषणा सिजन २ को फिनालेमा नै हुने बताइएको छ।
थ्री प्रडक्शनका निर्देशक विशाल भण्डारी मुख्य उत्पादक रहेका छन् भने, कार्यकारी निर्माता रिमा विश्वकर्मा र केकी अधिकारी रहेका छन्। यस्तै रीमाले कार्यक्रम सञ्चालन गर्दैछिन्।
कार्यक्रम प्रशारणपूर्व गरिएको अनुसन्धानले टेलिभिजनका दर्शकको ६० प्रतिशतले कमेडि च्याम्पियन कार्यक्रम हरेको र सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ८० प्रतिशतले यो कार्यक्रम हेरेको देखाएको थियो।

