
दमक,१२ फागुन । झापाको दमकमा दमक मोवाईल व्यवसायी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार संघको आठौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। उक्त रक्तदानमा ६० पिन्ट रगत संकलन भएको छ ।
स्थानीय गणतन्त्र चौंकमा सम्पन्न रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
रक्तदानमा ३ महिलासहित ६० जनाले रगतदान गरेका थिए । रगतको अभाव हुन नदिन संघले बर्षेनी यसरीनै रक्तदान कार्यक्रम गरि आएको संघका सचिव दिपेश दाहालले बताएका छन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ ,मोवाइल व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

