adv
adv

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिइन्


झापा
।गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।


अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।
Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु