adv

अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त

काठमाडौं,१६ फागुन । अनलाइनखबर डट कमको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् ।

अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै प्रा.लि.ले सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।


अध्यक्ष धर्मराज भुसालले आइतबार कार्यालयमा आयोजित एक समारोहका बीच गाउँलेलाई स्वागत गरे । अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै अध्यक्ष भुसालले गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिसँग प्रश्न गर्छौं । गडबडी, भेदभाव र अन्याय सधैं हाम्रा कभर स्टोरी हुुनेछन् ।’

तीन दशकदेखि पत्रकारितामा सक्रिय गाउँले पछिल्लो ६ वर्ष खोज पत्रकारिता केन्द्रको सम्पादक थिए । हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु