adv

जसपा झापा समायोजन टुङ्गियो, अध्यक्षमा राजवंशी समायोजन घोषणा १९ गते बिर्तामोडमा हुने


दमक, १७ फागुन । 
जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिएका छन् ।

कार्यदलले सोमबार दमकमा पूर्व समाजवादी र राजपा जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई निर्णय जानकारी गराएको थियो भने विग्यप्ति समेत जारी गरेर समायोजन टुङ्गिएको जानकारी दिएको हो ।

विग्यप्तिमा जनाइए अनुसार अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति बन्ने छ भने २५ सदस्यीय जिल्ला कार्यकारिणी समितिका उपाध्यक्षहरुमा क्रमश: वीरबहादुर श्रेष्ठ, देबेन्द्रकिशोर ढुङ्गाना, सङ्गीता रौनियार, सज्जनकुमार वंशल, गोकुल हुमाँगाई, मेरी राजवंशी र शिवन सोराली मगर छन् । त्यस्तै सचिवमा दिपक न्यौपाने, उप-सचिवहरुमा अर्जुन राई, खड्गनारायण राजवंशी, बुद्ध बराइली, पुष्पितादेवी साह र रमा मेचे छ्न् ।

कोषाध्यक्षमा राजु खड्का छन् भने कार्यकारी सदस्यहरुमा क्रमश: कामेश्वर राजवंशी, सुन्दरलाल साह, भाद्रु गणेश, प्रेमकुमार राई, शान्ता पालुङ्वा, गणेश दाहाल, डिल्ली माबो र उदय गुरुङ छन् ।
फागुन १९ गते बिरामोडको रोयल पार्टी प्यालेसमा समायोजन कार्यदलले बृहत् भेला आयोजना गरेर जसपा जिल्ला समन्वय समितिको औपचारिक घोषणा गर्ने पनि विग्यप्तिमा उल्लेख छ । सो भेलालाई पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्री रकम चेम्जोङले सम्बोधन गर्ने बताइएको छ ।

समायोजन कार्यदलले सोमबार जारी गरेको विग्यप्ति जस्ताको त्यस्तै :


Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु