
बिर्तामोड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको तिन बर्षे कार्यकालको लागि अध्यक्षमा प्रकाश शिवाकोटी विजयी भएका छन् ।
आज सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवाकोटीले २१३९ मत प्राप्त गरेर अध्यक्षको पदमा विजयी बनेका हुन् ।
उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष पदका उम्मेदवार सुभास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् उनले २११६ मत प्राप्त गरि विजयी बनेका हुन । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले १५१२ मत प्राप्त गरेका छन् ।
उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले १९४० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १७१८ प्राप्त गरेका छन् ।
वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले २२७८ मत प्राप्त गर्दै विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गरेका छन् ।
महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले १८४३ मत प्राप्त गरेर विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।
उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले २५५० सबै भन्दा धेरै मत प्राप्त गरि विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले १०६३ मत प्राप्त गरेका छन् ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले १९६६ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले १६७४ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत प्राप्त गरेर विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् ।
महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मत प्राप्त गरेर विजयी बनेकी छन् । निकटतम् प्रतिष्पधी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८ जीवनकुमार खड्का १९१८, पुकार बराल २०००, बलराम सिटौला (राम) १८६१, विशाल थापा २०९९ गौरीशंकर गुप्ता १७९० मत प्राप्त गरि विजयी भएका छन् ।
महिला सदस्यमा तुलसा ढकाल २१९५ र रुची शिवाकोटीले २०७६ मत प्राप्त गरी विजयी बनेका छन् ।
कुल तीन हजार ८४९ मतमध्ये अहिलेसम्म पदाधिकारीमा तीन हजार ३६२ जनाको मतमात्र गणना भएको निर्वाचन समितिले जनाएको छ ।

