adv

ईलामबाट ब्राउन सुगर सहित ४ पक्राउ

ईलाम, १८ फागुन। ईलाम नगरपालिका -७ स्थितबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका-४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका-५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका-१० का २३ बर्षिय अनिल लिम्बु रहेका छन् ।

सोमबार बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागुऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु