
ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ ।
मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान ९ बजेदेखि आगलागी सुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिए । उनका अनुसार आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हो ।
हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ४० वटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको छ ।करिब ८० वटा पसल जलेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ ।

