adv
adv

समावेशी निर्वाचन समिति बनाउ : प्रेस नेपाल मोरङ


बिराटनगर, १८ फागुन ।प्रेस नेपाल मोरङ समितिले पत्रकार महासंघको आसन्न निर्वाचनको लागि मोरङ जिल्लामा गठन भएको निर्वाचन समिति समावेशी नभएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।

प्रेस नेपाल मोरङ अध्यक्ष मुकेश यादवले मंगलबार विग्यप्ति जारी गरेर महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचनको लागि गठित निर्वाचन समिति असमावेशी र एकल जातीय रहेको भन्दै यसलाई नमान्ने बताएका हुन् ।

मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम लगायतको प्रतिनिधित्व नगराइएको भन्दै विग्यप्तिमा अविलम्ब निर्णय नसच्याए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

पत्रकार महासंघ मोरङ शाखाले सोमबार विग्यप्ति जारी गरेर आसन्न निर्वाचन सम्पन्न गर्न शाखाका पूर्व अध्यक्ष दिपक दाहालको संयोजकत्वमा उपाध्यक्ष इन्दिरा भट्टराई सदस्य र मोरङ बार एसोसिएसनका प्रतिनिधि सदस्य रहनेगरि तीन सदस्यीय निर्वाचन समिति घोषणा गरेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु