adv

सुनको मूल्य बढ्यो

काठमाडौँ । मंगलबार तोलामा १७ सयले घटेको सुनको मूल्य आज बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु