adv

मेचीनगरबाट ब्राउनसुगर सहित दुई जना पक्राउ


झापा, १८ फागुन ।
झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ बर्षीय अनुप तामाङ रहेका छन।

खत्रीलाई ३ ग्राम खैरोहिरोईन ब्राउनसुगर र तामाङलाई १ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु