adv
Advertise Expired !

वीरता लेडी जेसीजको “जेसी अफ द मन्थ” रोजिनालाई


बिर्तामोड ।वीरता लेडी जेसीजले सुरु गरेको जेसी अफ द मन्थ अवार्डबाट फेब्रुअरी महिनाको अवार्ड उपाध्यक्ष उमा पाण्डे (रोजिना) लाई प्रदान गरिएको ।

आफै संयोजक बनेर सामाजिक कार्य गरेको र जेसीजका हरेक गतिविधीमा सक्रिय सहभागिता जनाएकोले आज बसेको समितिको तेस्रो बैठकको निर्णय अनुसार पाण्डेलाई उत्कृस्ट जेसी अवार्ड तथा सम्मान दिईएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।


नयाँ सोच र कार्ययोजना बमोजिम महिनाभरीको सक्रियता र रचनात्मक कायेशैलीको मूल्याङ्कन गरी वीरता लेडी जेसीजले हरेक महिना ‘जेसी अफ द मन्थ अवार्ड’ वितरण गर्न थालेको छ ।

वीरता लेडी जेसीजका अध्यक्ष आचार्यले हरेक महिना बोर्डका पदाधिकारी तथा सदस्य मध्ये एक जनालाई उत्कृष्ट घोषणा गरेर पुरस्कृत गरिने जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु