adv
adv

महिला भलिबल प्रतियाेगिताकाे उपाधि कमललाई

दमक । नारी दिवसकाे अवसरमा दमकमा सञ्चालित अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियाेगिताकाे उपाधि कमल गाउँपालिकाले हात पारेकाे छ । साेमबार भएकाे फाइनल खेलमा लेटाङ नगरपालिकालाई ३–१ काे साेझाे सेटमा हराउँदै उपाधि हात पारेकाे हाे ।

गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न १२ पालिकाको सहभागिता रहेको थियो ।प्रतियोगितामा बिधागत तर्फ बेष्ट स्पाईकर कमलकी नेगिशा गौतम , बेष्ट सटर बिजेता मादेन , बेष्ट डिफेन्स संगम राई र म्यान अफ द सिरिज लेटाङकी अन्जना लिम्बू पुरस्कृत भईन् । विजेता टिमको प्रशिक्षणमा रोशन दाहाल र टिमको व्यवस्थापनको जिम्मेवारी सुदिप थुलुङले पाएका थिए ।

उपाधिसंगै विजेता कमलले नगद ४० हजारसहित ट्रफि तथा प्रमाणपत्र हात पारे भने उपविजेताले रु २५ हजारमा चित्त बुझाउनुपरेको थियो ।

दिवसको अवसर पारेर आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सेलिया श्रेष्ठ प्रथम भएकी छिन । त्यस्तै दिक्षा वाग्ले दोश्रो र एन्जिला खडका तेस्रो भएका छन ।

महिलाहरुलाई आआफनो क्षेत्रममा निरन्तर श्रम र संघर्ष गरेर समृद्धी हासिल गर्न प्रेरित गर्ने उद्धेश्यले उत्पादनशील कार्यमा जुटेर जिविकोपार्जन गरिरहेका श्रमशील १२ जना महिलाहरुलाई पुरस्कार सहित सम्मान गरिएको नगरपालिकाकी उपप्रमुख गीता पौडेल (अधिकारी)ले जानकारी दिइन ।

सम्मानित हुनेहरुमा कोरोना संक्रमणका बीच संक्रमितहरुको उपचारका लागि ओसार पोसार गर्ने नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्सकी चालक महिला लिला बस्ताकोटी, ज्येष्ठ एकल उद्यमी महिला दमक ४ की हर्कमाया राई, दमक ६ की भक्का व्यवसायी चम्फा राजवंशी, अपाङगता भएकाहरुको अधिकारका लागि सशक्त नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी दमक ९ की पार्वता श्रेष्ठ, दमक ९ की एकल उद्यमी भावना धिमाल, दमक ७ की उद्यमी महला सरस्वती विक र पुनम गहतराज, सिटी सफारी चालक दमक ५ की सीता महत कोइराला, निर्माण व्यवसायी दमक ५ की देवी भुजेल र दमक २ की लिलादेवी सिग्देल दर्जी र दमक ६ की चटपटे व्यवसायी शान्तिदेवी चौधरी रहेका छन ।

सोही अवसरमा अपाङगता भएकी दमक ४ की पुनम भुजेललाई छात्रवृत्ती र सीप सिकाउने संस्थाहरुलाई सिलाई कटाई मेसिन समेत हस्तान्तरण गरिएको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु