adv

पत्रकार पौडेलले पाए कोरोना बिमा रकम

दमक, फागुन २६ ।  दमकका पत्रकार विष्नु पौडेलले कोरोना बिमा वापतको रकम प्राप्त गरेका छन् ।

पौडेललाई बुधबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले कोरोना बिमा बापतको रकम हस्तान्तरण गरेको हो ।

युनियन अध्यक्ष विष्णु सुब्बाले दिएको जक्नकारी अनुसार प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कुलको सहकार्यमा कोरोना संक्रमित भई स्वस्थ भएका पत्रकार विष्णु पौडेललाई विमा वापतको एक लाख रकम हस्तान्ताण गरिएको हो ।


प्राप्ति र रोजियटसँगको सहकार्यमा दमककै सगरमाथा ईन्स्योरन्समार्फत झापा माइपश्चिम क्षेत्रमा कृयाशील ३२ जना पत्रकारको कोरोना विमा गरिएको युनियनले जनाएको छ ।
विमा रकमको चेक प्राप्तिका सञ्चालक प्रकाश प्रसाई, रोजियटका निर्देशक सुर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रवन्धक देवराज दंगाल, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त हस्तान्तरण गरेका थिए ।

दमकका अर्का कोरोना संक्रमित भई स्वस्थ भैसकेका पत्रकार लोकनाथ रिजाललाई पनि चाँडै कोरोना बिमा बापतको रकम हस्तान्तरण गरिने युनियनले बताएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु