adv
adv

मेचीनगरबाट लागू औषध अफिमसहित २ भारतीय महिला पक्राउ


काँकरभिट्टा ।
झापाको मेचीनगर‐६ काँकरभिट्टा बाट प्रतिबन्धित लागू औषध अफिमसहित २ जना भारतीय महिला पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रणव्युरो कोटेश्वर काठमाँडौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले वडा नम्बर ६ न्यु विशाल होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्लाष्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित २ किलोग्राम अफिमसहित पक्राउ गरिएको थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतीय महिलाहरुमा मनिपुर र पश्चिम बंगाल घर भएका दुई महिला रहेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई राखिएको छ ।

उनीहरुलाई झापा जिल्ला अदालतबाट अनुमति लिई म्याद थप गरी कानुनी कारवाहीको प्रकृया अगाडी बढाईने प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु