
दमक। झापाको दमकमा संचालित सातौं दमक फूडफेस्टिवल समापन भएको छ । फागुन २३ गते देखि संचालित फेस्टिवल शनिवार समापन् भएको हो ।
एक हप्ता संचालित फूडफेस्टिवलमा ५० लाख भन्दा धेरैको आर्थिक कारोबार गर्न सफल भएको थियो भने करिब ४५ हजारले अवलोकन गरेको संयोजक भुपेन्द्र न्यौपाने बताएका छन् । फेस्टिवल प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको थियो । धिमाल, तामाङ्, राई, गुरुङ्, नेवार लगायतका जातीहरुको जातीय परम्पराका खानेकुराहरुको समेत व्यवस्था रहेको उक्त फेस्टिवलमा ४८ वटा विभिन्न होटल लगायत लगायत स्टलहरु राखिएको थियो ।
प्रत्येक साँझ राष्ट्रिय कलाकारहरुका साथ सांगीतिक कार्यक्रम सहितको फेस्टिवलमा चर्चित कलाकारहरु मेलिना राई, समिर घिमीङ (भिटेन), सन्दीप क्षेत्री, लाहुरे, निशान भट्टराई, सृजना खत्री, रिया श्रेष्ठ लगायतका कलाकारहरुले स्टेज तताएका थिए । साथै पूर्वका विभिन्न डान्स सेन्टरहरुबाट नृत्य तथा हाँस्यव्यङ्ग समेत प्रस्तुत गरिएको थियो ।


