adv

प्रेस क्लब मेचीनगरको कार्यलय उद्घाटन

झापा,२ चैत्र । झापाको मेचीनगर ६ काँकरभिट्टामा प्रेस क्लब मेचीनगरको कार्यलय उद्घाटन भएको छ ।

प्रमुख अतिथि प्रदेश १ का प्रदेश सांसद श्रीप्रसाद मैनालीले आइतबार एक कार्यक्रमकाबीच रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य मैनालीले पत्रकारहरुले आम मानिसलाई सुसूचित पार्न दुःखका साथ रिपोर्टिङ गरिरहेको बताए । आवाज नभएका मानिसहरुका आवाजलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेशण गर्न आग्रह गर्दै उहाँले पत्रकारहरुले भोग्नु परेको समस्यालाई नजिकबाट नियालेको पनि बताए ।

कार्यक्रममा बोल्दै सांसद मैनालीले ब्यक्तिगत रुपमा प्रेस क्लब मेचीनगरको दायित्वमा हुन आउँने ६ महिना बराबरको कार्यालयको भाडा आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा पनि गरेका छन्। प्रेस क्लब मेचीनगर मेचीनगरका सम्पुर्ण पत्रकारहरुको अविभावक बन्न पनि उनको आग्रह थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशेष अतिथि मेचीगनर ६ का वडा अध्यक्ष ललित बहादुर तामाङले समेत ६ महिना बराबरको क्लबको कार्यालयको भाडा सहयोग गर्ने घोषणा गरेका थिए ।

यसैबीच आइतबार कार्यालय उद्घाटनकै अवसरमा पत्रकार महासंघमा नयाँ सदस्यता प्राप्त गर्ने क्लबका ६ जना पदाधिकारीहरुलाई टिका र अविर लगाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथिहरु मेचीनगर‐६ का वडाअध्यक्ष तामाङ, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगर संस्थापक अध्यक्ष एवम् महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, पूर्व अध्यक्ष एवम् जन–संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, रोटरी क्लब अफ काँकरभिट्टा अध्यक्ष नवराज खनिया, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहाल लगायतले सत्य, तथ्य एवम् निष्पक्ष समाचारलाई समेट्दै पत्रकारीताको क्षेत्रबाट पूर्वी क्षेत्रको पहिचानलाई अझै व्यापक बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा  सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्टका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, रोटरी क्लब मेचीनगरका अध्यक्ष कृष्णकान्त खनियाँ पूर्व अध्यक्ष अशोक श्रेष्ठ, नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, छड्के अनुशन्धान साप्ताहिक पत्रिका सञ्चालक बालकृष्ण थापा, जनसंसद दैनिकका प्रधान सम्पादक झुलन रेग्मी, मेची आवाज साप्ताहिकका सम्पादक प्रकाशक डम्बर बराल, फोटो सत्रकार संघ झापा अध्यक्ष विनोद पाण्डे, आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं १ की भूमिका लिम्बू फियाक विभिन्न राजनीतिक दल एवम् सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो ।

क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष शिशिर चम्लगाईंको स्वागत र सचिव जीआर धितालको सञ्चालनमा सम्पन्न भएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु