adv

आदिवासी जनजाति साहित्यकार महासंघको राष्टृय भेला हुँदै

दमक, ३ चैत्र । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको पहिलो राष्टृय भेला चैत ७ र ८ गते ललितपुरको महालक्ष्मीस्थानस्थित यलाखिममा सम्पन्न हुने भएको छ ।

महासङ्घका संयोजक राजन मुकारुङबाट प्राप्त जानकारी अनुसार भेलाले महासङ्घको विधान पारित गर्ने छ । त्यस्तै प्राज्ञिक परिषद् समेत गठन गर्ने छ ।


दुई दिने भेलाबाट महासङ्घको घोषणा पत्र जारी हुनेछ ।
भेलाको उदघाटन मन्तव्य अदिवासी जनजाति महिलाको सवाल बारे कैलाश राईबाट हुने जनाइएको छ ।

त्यस्तै वन्दसत्रमा डा. तारालाल श्रेष्ठले आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्कता बारे र अमृत योन्जनबाट नेपालमा मातृभाषाको सवाल विषयक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

भेलाको आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक मुकारुङले बताए ।अहिलेसम्म महासङ्घको लिम्बुवान, तामसालिङ, तमुवान, थरुहट, मगरात, कोइँच राज्य समिति गठन भैसकेको छ भने कोरिया र जापान प्रवास समिति गठन भैसकेको छ ।

बुधबार नेवा र बिहीबार किरात राज्य समिति विस्तार हुने महासङ्घले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु