adv
adv

शिखरज्योतिको स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

दमक, २ चैत्र । झापाको दमक स्थित शिखरज्योति इङलिस बोर्डिङ स्कूलको आयोजनामा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका सचेतना कार्यक्रम गर्दै आएको शिखरज्योतिले यस पटक पानि सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । बढ्दो शहरीकरणसँगै शुद्ध पिउने पानिको अभाव बढिरहेको समयमा विद्यालयले मानव जीवनमा पानिको महत्व र शुद्ध पानि कसरी पिउन सकिन्छ भन्ने कुरालाई जोड दिइएको थियो ।

सामान्य पानी भन्दा आयोनाइज्ड अल्काइन पानीले शरीरमा भएका विभिन्न रोगलाई समेत हटाउन सक्ने दावी गर्दै आएको पानी प्रयोग सवैले प्रयोग गर्न गराउनका लागि कार्याक्रम गरिएको स्कूलकी फाउण्डर मनु पन्दाकले बताइन । कार्याक्रममा आयोनाइज्ड अल्कालाइन पानीको प्रयोगसम्बन्धी जानकारी दिन आइ केयरका फाउण्डर पासाङ लामा, भिमध्वोज लामा सहितको प्रदर्शनीका प्राविधिकको टोली काठमाण्डौंबाट आएका छन् । आयोनाइज्ड अल्कालाइन पानीबारे झापामा यो पहिलो पटक चर्चा र प्रदर्शनी गरिएको कार्याक्रमका सहजकर्ता प्रेमदिप थाम्सुहाङ्गले बताए ।

अल्कालाइन पानिको प्रर्दशन गर्दै आइकेयर मार्टका भिमध्वज लामा

विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा जापानिज टेक्नोलोजिबाट बनेको पानि शुद्ध पार्ने मेसिन प्यरप्रोबाट शुद्धिकरण गरिएको अल्कालाइन पानिको प्रदर्शनी गरिनुका साथै सामान्य पानि र अल्कालाइन पानिको भिन्नताबारे प्रत्यक्ष प्रदर्शन समेत गरिएको थियो ।

विद्यालयको डाइरेक्टर मनुु पन्धाककाे अध्यक्षतामा तथा आइकेयर मार्टका फाउण्डर पासाङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय समाजसेवि, अभिभावक, विद्यार्थी लगायत मार्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रेमदिप थाम्सुहाङको सञ्चालन रहेको थियो भने स्वागत मन्तव्य राजकुमार लिम्बुको रहेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु