adv

फेरी बढ्यो पेट्रोलियम् पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु