मेचीनगर । झापाको मेचीनगरमा सम्पन्न प्रथम उपमेयर टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगिता कप २०७७ को उपाधि मिलन क्रिकेट क्लब प्रदेश नं १ ले जितेको छ ।
फाइनलमा सुदूरपश्चिम महिला क्रिकेट क्लबलाई पराजित मिलन क्रिकेट क्लबले जित हासिल गरेको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती पोखरेल, मेचीनगर खेलकुद विकास समिति संयोजक एवम् मेचीनगर-४ का वडाध्यक्ष नविन बराल, आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठ, अरुणोदय आवसिय माविका अध्यक्ष भगिरथ राई, प्रिन्सिपल दुर्गाबहादुर लुईटेललगायतले प्रमाणपत्रसहित ट्रफी र मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा २४२ रन जोड्दै उत्कृष्ट व्याट्सहुम्यान घोषित भएकी विजेता टिमकी रुविना क्षेत्रिले नगद पाँच हजारसहित ट्रफि हात पारिन् ।
त्यसैगरी, ७ विकेट लिन सफल विजेता टिमकी एलिसा खडिया उत्कृष्ट बलर घोषित हुँदैं नगद पाँच हजार सहित ट्रफि प्राप्त गरिन् ।
प्रतियोगितामा २४२ रन जोड्दै ४ विकेट लिन सफल रुविना क्षेत्रि प्लेयर अफ द सिरिज घोषित हुँदैे नगद १० हजारसहित ट्रफि प्राप्त गरिन् ।
मेचीनगर नगरपालिकाको आर्थिक संयोजन तथा मिलन क्रिकेट क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरूले खेलेका थिए ।

