adv

हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एकजनाको मृत्यु

दमक,४ चैत्र । हात्तीको आक्रमणबाट झापाको बुद्धशान्ति गाउँपालिका २ मा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका घर भएका विजय खातीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिन्दुली बाँध नजिक आज विहान हात्तीले खाती र उनका साथीलाई आक्रमण गरेको थियो । हात र छातीमा चोट लागेका खातीको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

विहान सवा सात बजेतिर हात्तीले आक्रण गर्दा खाती र अर्जुनधारा(१ का मिलन कार्कीडोली घाइते भएका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु