adv
adv

सहारा नेपालद्वारा नारी सञ्चार गृहको अक्षयकोषमा एक लाख रूपैयाँ सहयोग

बिर्तामोड ,५ चैत्र । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपाल (साकोश ) ले एक लाख रूपैयाँ सहयोग गरेको छ ।

झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा साकोशले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सहसचिव शुशिला संग्रौलासहितको टोलीलाई चेक हस्तान्तरण गरेको सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिईन्।

संस्थाका प्रबन्ध निर्देशक महेन्द्र गिरीका अनुसार सहारा नेपालमा आवद्ध कर्मचारीका बार्षिक रुपमा एकदिनको तलब बराबरको रकम संकलन गरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सो अवसरमा नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटीले सञ्चार गृहको अक्षयकोषको उद्देश्यबारे थप प्रकाश पार्दै धन्यवाद सहित २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग २० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिएकी थिईन् ।

पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु