adv

‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ आजबाट सुरु

काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ आजबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल जानकारी दिए ।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामाका साथमा पहिलेको कोच आस्था राउतको ठाउँमा चर्चित गायिका तृष्णा गुरुङ रहनेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु