
बिर्तामोड । मेची मोडेल आयुर्वेद अस्पतालले २ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजनासँगै औपचारिक रूपमा विशेषज्ञ डाक्टरहरुको सेवा शुभारम्भ गरेको छ ।
शुक्रबार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित आफ्नै भवनमा स्वास्थ्य शिविरसँगै सेवा आरम्भ गरेको हो ।
आयुर्वेद पद्धतिलाई प्रचारप्रसार गर्न, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ अस्पतालले सेवा आरम्भ गरेको अस्पतालका संचालक इश्वर कार्की बताऊंछन् । अस्पतालमा एम.डी. आयुर्वेद ,विए एम एस डाक्टरकाे सेवा रहने संचालक कार्कीले बताए।
अस्पतालमा पञ्चकर्म, शैल्य साल्कय, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ लगायतका आयुर्वेद विशेषज्ञ डाक्टरहरुद्वारा बिरामी जाँच गरी उपचार परामर्श सेवा दिइने अस्पताल सञ्चालक समितिका सदस्य विक्रम बस्नेतले जानकारी गराएका थिए।

शुक्रबार अस्पतालमा माननीय १ नं प्रदेश सभा सांसद एकराज कार्की , वडा जनप्रतिनिधि लगायतले अस्पतालको अवलाेकन गरेका थिए ।अस्पतालले आयोजना गरेको स्वास्थ शिविरमा पहिलो दिन १०० भन्दा बढी बिरामीहरुको निःशुल्क जाँच, परामर्श र बिरामीहरुलाई औषधि वितरण गरिएको सदस्य बस्नेतले बताए ।

