adv
adv

वीरता लेडी जेसीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । वीरता लेडी जेसीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । वीएण्डसी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार बिर्तामोडमा उक्त तालिम सम्पन्न भएको हो ।

पछिल्लो समय बड्दो तनाबका कारण मानिसहरु डिप्रेशनको शिकार बन्ने गरेका र तनाब व्यवस्थापन गर्न नसक्दा मानिसहरु आत्महत्याको बाटो रोज्न समेत वाध्य भएकाले यस्ता गतिविधी रोक्न सचेतनाको आवश्यकता महशुस गरेर तालिमको आयोजना गरेको वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले बताईन् ।

कार्यक्रममा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली , वीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतले वीरता लेडी जेसीजले आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी तालिमले सहभागिलाई तनाव व्यवस्थापन गर्न मद्यत पुग्ने बताए ।

कार्यक्रममा वीएण्डसी हस्पिटलकी मनोचिकित्सक डा।श्रद्धा भण्डारीले तनाव व्यवस्थापन बारे सहजीकरण गरेकी थिइन् । उनले तनावको प्रकार, कारण, तनाव व्यवस्थापन गर्ने उपायलगायतका विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।

तालिममा वीरता लेडी जेसीजका पदाधिकारी, मारवाडी महिला मञ्च , छठ महिला मञ्च, मेची – महाकाली वुहारी संयुक्त आवाज झापाका पदाधिकारी , सुन्दर आमा समूहका सदस्यसहित ६० जना भन्दा वढीको सहभागिता रहेको थियो ।

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता जेसीजकि अध्यक्ष स्वस्तिका आचार्यले गरेकी थिईन् ।

वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रम संयोजक दिपा शिवाकोटीले स्वागत र कार्यक्रम संयोजक स्मृति रिमालले आस्था वाचन गरेकी थिईन् भने कोपिला सिटौलाले जेसीआई मिसनभिजन बाचन गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु