
बिर्तामोड । तमु ह्युल छोज धी गुरूङ रास्ट्रिय परिषद बिर्तामोड नगर कार्यसमितिले बार्षिक साधारणसभा तथा राष्ट्रिय जनगणना २०७८ विषयक अन्तरकृिया कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित बुद्ध नगरमा एक कार्यक्रमको आयोजना गर्दै १२ औं राष्ट्रिय जनगणना अन्तरकृया गरेको हो ।
हरेक दश / दस बर्षमा गरिने राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांककै आधारमा देशको राजनितीक ,अाथिक,सामाजिक, साँस्कृतिक लगाएत सम्पुर्ण निति निर्माण तय हुने साथै उक्त नितिले जनजीवनमा प्रत्येक्ष असर पार्ने भएकोले राष्ट्रिय जनगणनाकाे बिशेष महत्त्व रहेकोेले सम्पुर्ण समुदाय सचेत हुनुपर्ने कार्यक्रमका प्रशिक्षक तमु ह्युल छाेज धीका १ नं.प्रदेशका उपाध्यक्ष अानन्द गुरुङले बताए ।

उनले २०७८ जेठ २५ देखि असार ८ सम्म हुने जनगणनामा अाफनाे जातिय पहिचान ,भाषा,मातृभाषा ,धर्म बारेमा स्प्रस्ट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जेष्ठ आमा बुवा,एस ई ई मा उत्कृष्ट अकं ल्याउने छात्र,छात्रालाई सम्मान गरिएको थियो ।त्यसतै कार्यक्रममा जातीय सँस्कृतिक नृत्यमा किशार किशोरीहरूले प्रस्तुती दिएको थियो।
तमु ह्युल छाेज धी गुरूङ रास्ट्रिय परिषद बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति परिषद केन्द्रीय सदस्य जल कुमार गुरुङ रहेका थिए।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं.१० का अध्यक्ष दुर्यधन गुरुङ ,नगर पुर्व अध्यक्ष डि के गुरूङ, जिल्ला उपाध्यक्ष सन्तोष गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तमु ह्युल छाेज धी गुरूङ रास्ट्रिय परिषद बिर्तामोड नगरका उपाध्यक्ष निर्मला गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन सचिव लिला गुरुङले गरेका थिए ।

