adv

दमकमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु,चार घाइते

दमक,७ चैत । झापाको दमकस्थित चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

शनिबार साँझ ५ बजे भएको सो दुर्घटनामा परी रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २४ का अनिस कोइरालाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार कोइरालाको मृत्यु भएको हो ।

उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए । सोही मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका ८ का २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बाँस्तोला गंभीर घाइते भएका छन् ।

उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ । त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्को को. २८ प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाइते भएका छन् । उनीहरुको दमकस्थित निम्स अस्पतालमा उपचार भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु