adv

‘मिक्वा चुरु चुरु….’ (आँशु तपतप) को म्युजिक भिडियो सार्वजनिक


काठमाडौं, ७ चैत ।
तमोर फिल्म्स प्रा.लि. र यल्लिउड इन्डस्ट्रीजको प्रस्तुतिमा निर्माण भएको ‘मिक्वा चुरु चुरु….’ (आँशु तपतप) सार्वजनिक भएको छ ।

ललितपुरको नखिपोटस्थीत रेष्टुरेन्ट युङ्चामा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियो युच्सुबमा तमोर फिल्मस्को च्यनलबाट हेर्न सकिन्छ ।

एकान्त आङ्देम्बे र सुनिता थेगिमको स्वर रहेको गीतको रचना र संगीत पविन आङ्देम्बेले गरेका हुन् । टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको भिडियोको लागि सुमन शंकरको श्रृङ्गार, मेघराज मगरातीको छायांकन, उत्सव दाहालको सम्पादन रहेको छ । त्यसैगरी बालकलाकारमा एसेप्ट तिगेला छिन् ।

कार्यक्रममा हङकङबाट उपस्थित भएका किरात याक्थुङ चुम्लुङ हङ्कङका पूर्वअध्यक्ष त्रिभुवन लुम्फङ्वा, समाजसेवी लोक आङ्बुहाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, चलचित्र निर्देशक दिनेश लिङ्देन, कियाचु हङकङका सदस्य कुन्सा योक्पाङ्देन, पत्रकार लेखक देवेन्द्र सुर्केली, चलचित्र निर्देशक तथा सञ्चारकर्मी सागर सुब्बा, गायनक्षेत्रमा सक्रिय जेपी नेम्बाङ, सुमन लिम्बू, जीवन केदेम, सबिना योङहाङ, दीपा सुहाङ, कलाकार बबि नेम्बाङलगायत भिडियोसँग सम्बन्धित कलाकारहरूको उपस्थिति थियो ।( भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस् )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु