adv

दमकमा टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको मृत्यु

दमक , ७ चैत । झापाको दमकमा टिपरको ठक्करबाट घाइते भएका थप एक जनाको पनि ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको दमक ४ स्थित चियावगानस्थित सडकखण्डमा साँझ ५ः ३० बजे तिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क १०८२ न.को टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४४प ८१३३ न.को मोटरसाइकललाई ठक्कर दिदाँ घाइतेभएका मोरङ,रतुवामाई नगरपालिका ८ बस्ने २३ वर्षिय निरन बस्नेतको पनि मृत्युभएको हो ।

बस्नेतको आज साँझनै विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
यसअघि सोहि मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका ८ बस्ने २४ वर्षिय अनिष कोईरालाको भने उपचार गर्न लैजाने क्रममा मृत्युभएको थियो ।

दुर्घटनामा टिपर चालक र त्यसका चालक दमक ४ बस्ने ४९ वर्षिय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु