विराटनगर, ११ चैत्र। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएका छन् ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको हो । सो बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।
नेपाल पक्षका नेता राजेन्द्र राईका अनुसार अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको बताएको छ ।
प्रदेश १ सभामा जम्मा ९३ सांसद सदस्यमा एमालेका ५१ सांसद छन् ।

