
काठमाडौं, ११ चैत । बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन् ।
उनको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उनी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बसेको उल्लेख गरेको छ । तत्काल् उनको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा छ ।
भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुन् ।

