adv
adv

रोलिङ च्यालेन्ज कप: आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश

धुलाबारी,११  चैत । झापाको धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक रोलिङ क्लब प्रवेश गरेको छ ।

आज बुधबारको जीतसँगै रोलिङ क्लबले एक लाख रुपैयाँ निश्चित गरेको छ । रोलिङले पाहुना टोली रेड हर्स फुटबल क्लब इलामलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

इलामले सुरुवाती अग्रता लिए पनि सम्हालिन नसक्दा हार व्यहोर्नु परेको थियो । खेलको ३९ औँ मिनेटमा इलामका विकेस लिम्बूले इलामका लागि पहिलो गोल गर्दै खाता खोलेका थिए ।

रोलिङको जीतका लागि खेलको ५३ औँ मिनेटमा कोमल खवासले उत्कृष्ट गोल गर्दै नतिजा बराबारीमा ल्याएका थिए । त्यस्तै, खेलको ६१ औँ मिनेटमा मेहनती खेलाडी तीर्थ बस्नेतले गोल गर्दै नतिजा २–१ बनाए । खेलको इन्ज्युरी समयमा खवासले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै फाइनल यात्रा निश्चित बनाए ।

धुलाबारी माविको खेल मैदानमा भएको खेलमा आयोजक रेलिङले इलामलाई दोस्रो हाफमा दबाबमा राखेको थियो ।


खेलको म्यान अफ दि म्याच आयोजक रोलिङ क्लबका दुई गोलकर्ता कोमल खवास भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । अग्रज खेलकुदकर्मी गणेशविक्रम नेम्वाङले उनलाई नगद हस्तान्तरण गरे ।

चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सचिव महेश खड्काले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु