adv

कोरोना संक्रमणका कारण कन्काइमा एक महिलाको मृत्यु

झापा,१२ चैत । झापा जिल्लाको कन्काइ नगरपालिका ३ सुरुङ्गामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । मण्डल थरकी एक ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार बिहान ज्यान गएको हो ।

सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे ज्यान गएको हो। १० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिएका छन् ।

भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो।उपचारका क्रममा उक्त महिलामा कोरोना पुष्टि भए सँगै थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो। उपचारकै क्रममा कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु