adv

रोट्रायक क्लब अफ विर्तामोडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


विर्तामोड ।
रोट्रायक क्लब अफ विर्तामोडको आयोजना तथा हिमालयन् जनरल इन्स्योरेन्स कम्पनीको संयोजनमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ६३ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।


रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सामाजिक कार्यहरु गर्दै आइरेहेको क्लवले बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका सचिव तथा कार्यक्रम संयोजक वाप्पा शाहले बताए।

यस्तै क्लबका अध्यक्ष प्रभाष थापाका अनुसार रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु