adv

भद्रपुरबाट ब्राउन सुगर सहित २ जना पक्राउ

झापा, १६ चैत्र ।झापा भद्रपुर नगरपालिका १० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

आईतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कचनकवल ६ बस्ने २१ बर्षीय रोशन मगर र ३९ बर्षीय माईक मर्डिलाई पक्पाऊ गरेको हो ।

किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित मर्डि र मगरलाई पक्राउ गरिएको हो । उनीहरूका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु