adv

‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो नेपाल


काठमाडौं,१६  चैत्त ।नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गरे । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाए । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गरे । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गरेका छन् । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल भए ।

विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–१ ले हराए यता कुनै गोल गर्न सकेको थिएन ।
त्यसअघि, १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाए । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोके ।

४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो । रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिए ।

पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो । ८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो । ८१ औं मिनेटमा विशाल राईलाई छीरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।

८७ औं मिनेटमा बङ्गलादेशका कप्तानले गरेको  प्रहार गोलकिपर किरणकुमार लिम्बुले गोल गर्नबाट रोके । लामो समयपछि नेपालको राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेका विराज महर्जन खेल सकिन एक मिनेट मात्रै बाँकी रहँदा मैदानमा उत्रिए ।

सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गरेका बिराजको यो अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन पुग्यो । बिराजले नेपालका लागि ७४ अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएर फुटबल जिवनबाट सन्यास लिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु