adv

मेची महाकाली सफाई अभियानको आयोजनामा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम

झापा । मेची महाकाली सफाई अभियानको आयोजनामा इलामको कुटिडाँडा स्थित धार्मिक सहिष्णुताले भरिपुर्ण पाथिभरा मन्दिर सरसफाइ साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

“स्वच्छ सफा नेपाल हाम्रो अभियान” भन्ने मुल नाराका साथ साेमबार मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरी, बिर्तामोड सरसफाइ अभियान,नेप्लिज टिन्स, शैशव मन्च जिल्ला समिती झापा अर्जुनधारा सफाइ अभियान, हाम्रो अभियान साथै स्थानीयको सहभागीतामा प्रवेश गेट देखि मन्दिर परिसर सम्म सरसफाइ गरिनुका साथै १५ थान डस्बिन हस्तान्तरण गरिएको मेची महाकाली सफाइ अभियन्ता बिष्णु आचार्य ले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु