
पाँचथर ,१७ चैत। किरात याक्थुङ चुम्लुङ पाचँथरको अध्यक्षमा महेन्द्र कुमार आङ्देम्बे चयन भएका छन् । लिम्बूहरुको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ पाचँथरको आठौं जिल्ला अधिबेशनले आङ्देम्बेको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा सुरेन शिशिर केरुङ ,सचिवमा सुबास तुम्बापो,सहसचिवमा पदम मेन्योङबो र कोषाध्यक्षमा सीमा तुम्बापो चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सन्देश सुब्बा,टिकामाया नेम्बाङ,कमल हाङ्सरुम्बा,जितेन चेम्जोङ,मनकुमार आङ्देम्बे,रोशन लावती,घनेन्द्रकुमार शेर्मा ,उपेन्द्र येक्तेन,नरेश काम्बाङ,गर्जमान नेम्बाङ,गणेश तुम्रोक,इन्दिरा मेयोङ्हाङ,सम्झना योङ्हाङ,निर्मला आङ्थुपो,मोतिहाङ केरुङ,सम्झना थोक्लिहाङ चुनिएका छन् ।
त्यस्तै, अधिबेशनले जिल्ला परिषद सदस्यहरुमा नारायणप्रसाद नेम्बाङ,पूर्ण जबेगु,कुमार यवा मौसम,सुर्यकला कन्दङ्वा,सुक्मिता केरुङ,टिकाध्वज आङ्देम्बे र प्रतिमा आङ्देम्बे तथा चुम्लुङ राष्ट्रिय सदस्यहरुमा नरेन्द्रराज केरुङ ,रघुबीर नेम्बाङ र सागर केरुङ चुनिएका छन् ।
‘लिम्बुवान स्वायत्तता,हाम्रो प्रतिबद्धता ’ भन्ने मूल नाराका साथ सम्पन्न अधिबेशनमा चुम्लुङको गाँउ ,नगर शाखाको उल्लेखीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

